आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघले भन्यो- पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज नभए प्रतिवाद गर्न बाध्य हुनेछौं

आइतबार, १४ कात्तिक २०७८, १४ : ५३
आइतबार, १४ कात्तिक २०७८

सत्तारुढ नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले  पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव  ढुंगानाले  आइतबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णयप्रति खेद प्रकट गरेका हुन् । 

जनताको ढाड सेक्ने गरी कोही कसैबाट पनि भएका निर्णय नेविसंघलाई मान्य नहुने विज्ञप्तिमा उल्लेख छ ।  सरकारले तत्काल हस्तक्षेप गरी पेट्रोलियम पदार्थमा नेपाल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न नेविसंघले जोडदार माग गरेको छ । ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज होस् । अन्यथा कडा प्रतिवाद गर्न बाध्य हुनेछौं ,’ विज्ञप्तिमा भनिएको छ । 

शनिबार ६ वटा विद्यार्थी संगठनले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए । शुक्रबार आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप