शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा सबैको दुःख र संघर्ष बुझ्ने क्षमता मैले राख्छु : प्रकाशमान सिंह

आइतबार, १४ कात्तिक २०७८, १४ : ४६
आइतबार, १४ कात्तिक २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र नेतृत्वले गरेका अलोकतान्त्रिक कामको विरोधमा सशक्त आवज उठाउनुपर्ने बताएका छन् ।  काँग्रेस कीर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रममा उनले पार्टीको नेतृत्वले हेलचेक्रयाई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको टिप्पणी गरे ।

पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफूहरू नै पार्टी सुधारमा लाग्नुपर्ने बताए ।  ‘पार्टी भित्रको समस्यामा कुरा हामीले नउठाए कसले उठाउँछ ? पार्टीको समस्या हामी आफै समाधन गर्ने हो,’ नेता सिंहले भने, ‘बाटो बिराउनेलाई बाटो देखाउनु पर्दछ । आलोचना गर्दा पार्टीको विधि र पद्धतिको रक्षा हुन्छ ।’

पार्टीभित्रका भजनमण्डलीले नेतृत्वलाई अलमलमा पारिरहेको समेत बताए । नेता सिंहले चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाइदिने बताए ।  उनले १३ औं महाधिवेशनपछि काँग्रेस इतिहासको कमजोर अवस्था आइपुगेको बताए । राष्ट्रियसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने उनको भनाई छ ।

यस्तै पार्टीभित्रको बेथिति र विकृत अन्त्यका लागि नयाँ पुस्ता आउनुपर्ने उनको धारणा थियो । देशमा लोकतन्त्र जोगाउनको लागि पनि काँग्रेसभित्र विधि पद्धति जोगाउन आवश्यक रहेको उनको भनाइ थियो । ‘देशमा लोकतन्त्र जोगाउनका लागि पनि काँग्रेसमा विधि पद्धति जोगाउन जरुरी छ । सक्षम प्रभावकारी पार्टीको रुपमा स्थापना पनि पहिले पार्टी भित्र विधि पद्धतिको स्थापना गर्नुपर्दछ,’ उनले थपे,  ‘त्यसो गर्न नसके प्रजा परिषद्को बाटोमा नेपाली काँग्रेस जान्छ  ।’

नेता सिंहले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्न आफू तयार रहेको बताए । पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनको लागि आफू सभापति बन्नुपर्ने उनको तर्क थियो ।

पार्टीको तल्लो तहदेखि नै संघर्ष गर्दै आएकाले सबैको दुख र संघर्ष बुझ्ने क्षमता भएको आफू एक्लो नेता भएको उनको दाबी थियो । ‘जनताको नजरबाट गिरिसकेका नेतालाई अगाडी राखेर जतिसक्दो राम्रो काम गरेपनि जनताले पत्याउँदैनन्,’ उनले भने, ‘लोकतन्त्र जोगाउनको लागि नेतृत्व परिवर्तन आवश्यक छ  । विधि र पद्धति जोगाउनको लागी पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’

आफूलाई विगतमा पनि चुनाव लड्छु भन्दा कसैले नपत्ताएको भन्दै भोट गणना गर्दा क्षमता देखेको उनले स्मरण गरे । काठमाडौंका नागरिकले प्रकाशमानले हेर्दै हेर्दैन भन्ने बाहिरी जनताले यो त काठमाडौंको मात्र हो भन्ने गरेको उनले गुनासो गरे । 

उनले आफू देशका ७७ जिल्लामा नै पुगेको र सबै जनताको दुःख बुझेको बताए । आफूले देशका सबै क्षेत्रका जनताको सेवा गरिरहेको र गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।  सबै क्षेत्रका जनता र पार्टी कार्यकर्ताको सभापतिको उम्मेदवार आफू मात्र भएको उनले बताए । फरक प्रसङ्गमा नेता सिंहले ओली सरकारले न्यायापालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको दाबी गरे ।  उनले अदालत लगायतका निकायमा राजनीतिक नियुक्त, संविधानको भावना विपरीत काम गर्दा समस्या उत्पन्न भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप