डिजिटल बैंकिङ कारोबारमा जोखिम न्यूनीकरण गर्नुपर्छ : सभामुख सापकोटा
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले डिजिटल बैंकिङ्ग कारोबारमा जोखिम न्यूनीकरण गर्नुपर्ने बताएका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको सदरमुकाम साँगाचोकगढीमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ्ग कारोबार गर्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसँग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने पनि बताए । डिजिटल प्रविधिको प्रयोगतर्फ गइरहेको बैंकिङ्ग कारोबारबाट हुने जोखिम न्यूनिकरण गर्दै डिजिटल बैंकिङ्गमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रममलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बताए । बैंकले हाल ७७ जिल्लामा २५५ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण