मूल धारमा नआएका दलहरूसँग संवाद सुरु गरेका छौं : कार्यवाहक प्रधानमन्त्री खाण
कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले संविधानको मूल धारमा नआएका राजनीतिक दलहरूलाई मूल धारमा ल्याएर संविधानको रक्षा गर्ने दायित्व सरकारको भएको बताएका छन् । गृह जिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित आफ्नै निवासमा आइतबार कार्यकर्तासँग कुरा गर्दै उनले त्यसको लागि सरकारले त्यस्ता राजनीतिक दलहरूसँग संवाद सुरु गरेको बताए ।
उनले गणतन्त्र र संविधानप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुने विश्वाससमेत व्यक्त गरे । नेपाली काँग्रेसका नेतासमेत रहेका खाणले अहिलेको गठबन्धनको सरकारलाई बचाएर आम निर्वाचनसम्म जाने लक्ष्य पनि सुनाए । वर्तमान सरकार संविधानको रक्षा गर्दै जनताको विश्वास जित्न सफल हुने उनको दाबी छ ।
उनले पछिल्ला दिनमा वर्षाले किसानको धान बालीमा क्षति पु¥याएको भन्दै पीडित किसानलाई सरकारले उचित राहतको व्यवस्था गर्ने बताए । गृहमन्त्री भएपछि खाण दोश्रो पटक गृह जिल्ला रुपन्देही आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले प्रधानमन्त्रीलाई भने, ‘विश्वासको मतअघि संसद् सुचारु हुने वातावरण बनाउनुस्’
-
संसद्को गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षबिच छलफल
-
पेसागत भविष्यमाथि कुठाराघात नगर्न राहत शिक्षकहरूको चेतावनी
-
फोडेन प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित
-
राजा दिव्यचन्द्र र रानी बिर्सिकाको कथा
-
कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ