मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लिटिल नेवाले देखाए ट्यालेन्ट

आइतबार, १४ कात्तिक २०७८, १४ : ३४
आइतबार, १४ कात्तिक २०७८

‘मिस लिटिल नेवा नेपाल ११४१’ का सहभागीले प्रतिभा प्रदर्शन गरेका छन् । नेवार किशोरीहरूको आत्मविश्वास बृद्धि तथा नेवारी कला, संस्कार, भाषा तथा संस्कृतिका बारेमा ज्ञान दिलाउँदै पूस्ता हस्तान्तरण गर्ने उद्धेश्यका साथ नेप्लिज फेसन होमले आयोजना गरेको ट्यालेन्ट शोमा उनीहरुले वाक कला, गायन, नृत्य, अभिनय, चित्रकला लगायतका प्रतिभा प्रदर्शन गरेका हुन् ।

क्योकुसिनकाई अशोककुमार श्रेष्ठ, मणि श्रीरत्न बज्राचार्य, इन्द्ररत्न बज्राचार्य, अनिल स्थापित, डा.हरिदर्शन श्रेष्ठ, मिस नेवाः नेपाल ११४१ की उपविजेता संगीता महर्जन, कन्हैयासिंह परियार निर्णायक रहेको प्रतियोतामा नयना शाक्य, आर्यो श्रेष्ठ, टीसा तण्डुकार, कृष्टिना महर्जन, सफलता श्रेष्ठ, सनिष्मा महर्जन, वितिशा कंसाकार, सिम्रिक श्रेष्ठ, एन्जिला महर्जन, इभानजलिना महर्जन, रिकिस्ना डंगोल, सलिष्का महर्जन, प्रकृति महर्जन, प्रनिधि मानन्धर, सिचु मानन्धर, सफलता श्रेष्ठ, सान्भी श्रेष्ठ, सारिका श्रेष्ठ, आर्या खोपे श्रेष्ठ, केभिया श्रेष्ठ, दिमी श्रेष्ठ र युनिका बादे प्रतियोगी रहेका छन् । प्रियंका तण्डुकार, पलपसा श्रेष्ठ र प्रजिता श्रेष्ठको कोरियोग्राफीमा रहने प्रतियोगिताको फाइनल २७ कात्तिकमा आयोजना हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप