शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

जी-ट्वान्टी सम्मेलन : ठूला व्यवसायीहरुको नाफाबाट १५ प्रतिशत कर कट्टी गरिने

आइतबार, १४ कात्तिक २०७८, १२ : ५१
आइतबार, १४ कात्तिक २०७८

विश्वका प्रमुख २० अर्थतन्त्र बोकेका ठूला धनाढ्य व्यवसायीहरुको नाफाबाट अब कम्तिमा १५ प्रतिशत कर असुल गरिने भएको छ ।  रोममा चलिरहेको जी–ट्वान्टी सम्मेलनले प्रमुख अर्थतन्त्र बोकेका १९ मुलुकहरुका ठूला व्यवसायहरूको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेको हो ।

व्यवसायीहरुले बहुराष्ट्रिय कम्पनीको नाममा कम कर प्रावधानको फाइदा उठाउँदै घुमाउरो तरिकाले नाफा कुम्ल्याई रहेको भन्दै सम्मेलनले त्यस्तो प्रावधान अनुमोदन गरिएको हो । रोममा चलिरहेको जी–ट्वान्टी सम्मेलनमा सहभागी नेताहरूले उक्त सम्झौतामा सहमति जनाएका छन् । यसका साथै उक्त सम्मेलनमा जलवायु परिवर्तन र कोभिड–१९ प्रभाव र यसको विश्व अर्थतन्त्रको मुद्दामा समेत छलफल भइरहेको छ । 

कोभिडपछि विश्व नेताहरूले भौतिक रुपमै उपस्थिति रहेर आयोजना गरिएको यो पहिलो कार्यक्रम हो । तर १९ वटा राष्ट्र र युरोपेली संघ सदस्य रहेको जी–ट्वान्टी समूहको सम्मेलनमा दुई जना नेता भने सहभागी भएका छैनन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने सम्मेलनमा भौतिक उपस्थिति नजनाई भर्चुअल रुपमा भिडियोमार्फत सहभागिता जनाएका छन् ।

अमेरिकाले प्रस्ताव गरेको करसम्बन्धी सम्झौता आज आइतबार सभाले स्वीकृत गर्नेछ भने आगामी सन् २०२३ बाट लागू हुने जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप