शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

साहस उर्जा र तेह्रथुम पावर कम्पनी नेप्सेमा सूचीकृत, कतिमा हुँदैछ कारोबार ?

आइतबार, १४ कात्तिक २०७८, १२ : ०२
आइतबार, १४ कात्तिक २०७८

साहस उर्जा लिमिटेड र तेह्रथुम पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । अर्थात् यी दुई कम्पनीको सेयर आइतबारबाट दोस्रो बजारमा किनबेचका लागि खुल्ला भएको छ ।  पहिलो दिन साहसको प्रतिकित्ता सेयर ४०५.३ रुपैयाँमा कारोबार भएको छ । कारोबार लगत्तै यसको भाउ क्रमिक रुपमा बढ्न थालेको छ । 

यस्तै, तेह्रथुम पावर कम्पनीको सेयर पनि अधिकतम २५४ रुपैयाँ २ पैसामा खुलेको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साहसको पहिलो कारोबारका लागि १३५.११ रुपैयाँदेखि ४०५.३३ रुपैयाँसम्मको ओपनिङ रेन्ज दिएको थियो भने तेह्रथुम पावरका लागि ८४.७४ रुपैयाँदेखि २५४.२२ रुपैयाँसम्म रेन्ज दिएको थियो । 

यी दुवै कम्पनीको सेयर कारोबार नेप्सेले तोकेको ओपनिङ रेन्जको उच्चतम विन्दुबाट खुलेको हो । नेप्सेले साहसका लागि ‘एसएएचएएस’ र तेह्रथुम पावरका लागि ‘टीपीसी’ संकेत प्रदान गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप