एकपछि अर्को गाउँ किन हुँदैछ खाली ?
भारतको उत्तराखण्डस्थित पौडीको चौबट्टाखाल प्रशासनिक इकाइमा पर्ने किमगिडी गाउँका महिला आफ्नो खेतमा दलहन बाली भित्र्याइरहेका छन् । १७, १८ र १९ अक्टुबरमा भएको अविरल वर्षाको मार दलहन बालीमा पनि परेको छ । वृद्ध किसान लीला देवी भन्छिन्, ‘जब वर्षा चाहिन्छ, त्यति बेला पर्दैन । अहिले बेमौसमी वर्षा भइरहेको छ । मासको दाल कोसाभित्रै गलेको छ । पशुहरूका लागि हामीले घाँस काटेर राखेका थियौँ । त्यो पनि सडेको छ ।’
उनका अनुसार गत मे महिनामा पनि लगातार बेमौसमी वर्षा भएको थियो । त्यति बेला पनि विभिन्न बालीमा असर पुगेको थियो । अहिलेको पानीले बाँकी कसर पूरा गरिदियो । लीला देवीले आफ्नो खेतको त्यो हिस्सा पनि देखाइन् जसमा जङ्गली बँदेलको झुण्डले नोक्सान पुर्याएको थियो । उनी भन्छिन्, ‘केही बाली मौसमका कारण खराब हुन्छ, केही जनावरले खाइदिन्छ । अहिले आफ्नो घर चलाउन पनि कठिन भइरहेको छ ।’
उत्तराखण्डमा जलवायु परिवर्तनको दबाबबीच मानिसहरुले खेती छाडिरहेका छन् र जागिरका लागि पलायन भइरहेका छन् । द एनर्जी एन्ड रिर्सोस इन्सिटिच्यूट र पाट्सड्याम इन्सिटिच्यूट फर क्लाइमेट इम्प्याक्ट रिसर्चको यस वर्ष जारी गरिएको शोध प्रतिवेदनका अनुसार आगामी वर्ष यसमा झनै वृद्धि हुनेछ ।
‘योभन्दा त जागिर खाएकै राम्रो’
लीला देवी आफ्नो परिवारमै अन्तिम किसान बनेकी छन् । उनको एउटा छोरा देहरादून र अर्को जोशीमठमा जागिरे छन् । तर कोरोना र लकडाउनको अनुभवका आधारमा उनी भन्छिन्, ‘एक दिन उनीहरूलाई जागिरबाट फाइदा हुँदैन, अनि उनीहरू पक्कै पनि फर्केर आउनेछन् । कोदालो समात्ने छन्, हलो चलाउने छन् ।’
पुनम विष्ट खेतमा मास, भटमासको कटाई गरिरहेकी छन् । उनले चौबट्टाखाल डिग्री कलेजबाट बीएससी गरेकी छन् । उनी भन्छिन्, ‘खेतमा काम गरेर केही पनि फाइदा भइरहेको छैन । योभन्दा त जागिर गरे फाइदा देखिन्छ ।’
जलवायु परिवर्तनको असर
उत्तराखण्डमा जलवायु परिवर्तनको दबाबबीच मानिसहरुले खेती छाडिरहेका छन् र जागिरका लागि पलायन भइरहेका छन् । द एनर्जी एन्ड रिर्सोस इन्सिटिच्यूट र पाट्सड्याम इन्सिटिच्यूट फर क्लाइमेट इम्प्याक्ट रिसर्चको यस वर्ष जारी गरिएको शोध प्रतिवेदनका अनुसार आगामी वर्ष यसमा झनै वृद्धि हुनेछ ।
उत्तराखण्ड ग्राम विकास र पलायन आयोगले पनि राज्यमा बाँझो भइरहेको खेत र पलायनका बारेमा जारी गरेको रिपोर्टमा जलवायु परिवर्तनलाई ठुलो कारणका रूपमा उल्लेख गरिएको छ । सन् २०१९ मा आएको पलायन आयोगको रिपोर्ट अनुसार उत्तराखण्डको ६६ प्रतिशत जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । यसमध्ये ८० प्रतिशतभन्दा बढी पहाडी जिल्लामा छन् । पहाडमा किसानको खेत निकै कम र विभिन्न स्थानमा फैलिएको छ । त्यहाँ १० प्रतिशत जमिनमा मात्र सिँचाइको सुविधा छ । बाँकी खेत मौसममा निर्भर हुन्छन् ।
सन् १००१ र २०११ को जनसङ्ख्याको आँकडाअनुसार राज्यका अधिकांश पहाडी जिल्लामा जनसङ्ख्या वृद्धि निकै कम भइरहेको छ । एक दशकमा अल्मोडा र पौडी जिल्लाको जनसङ्ख्यामा १७ हजार ८६८ जनाले घटेको देखिएको छ ।
उनले भनिन्, ‘गाउँमा हाम्रो एक्लो परिवार बाँकी छ । कहिलेकाहीँ विवाह, पूजा आदिका लागि मानिसहरू केही दिनका लागि गाउँ आउँछन् । केहीले त सधैँका लागि गाउँ छाडिसके ।’
मात्र एक परिवार भएको गाउँ
चौबट्टाखालको मझगाउँ ग्रामसभाको भरतपुर गाउँमा बचेका एक अन्तिम परिवारले यी रिपोर्टहरूलाई पुष्टि गर्दछ । गाउँका अधिकांश घर खण्डहर बनेका छन् । केही घरमा ताला लागेको थियो भने केहीमा भाँचिएका फर्निचर र भित्र घाँस उम्रेको देख्न सकिन्थ्यो । गाउँको खेत झाडीले छोपिसकेको थियो । यशोदा देवी त्यहाँ आफ्नो पति, बुहारी र उनको तीन बच्चासँग बस्छिन् । उनका दुई छोरा दिल्ली र गुडगाँवमा जागिरे छन् । गत वर्ष लकडाउन भएपछि बुहारी आफ्नो छोराछोरीसहित गाउँ फर्किएकी हुन् ।
उनले भनिन्, ‘गाउँमा हाम्रो एक्लो परिवार बाँकी छ । कहिलेकाहीँ विवाह, पूजा आदिका लागि मानिसहरू केही दिनका लागि गाउँ आउँछन् । केहीले त सधैँका लागि गाउँ छाडिसके ।’
राति जङ्गली जनावर नआओस् भनेर यशोदा देवीले घरको वरपर उज्यालो बत्ती लगाएकी छन् । उनी भन्छिन्, ‘तीन–तीनवटा बाघ हाम्रो घरको अगाडि घुम्छन् । चार दिनअघि मात्र त्यसले हाम्रो बाच्छालाई मारेको थियो । हामीलाई आफ्नो बच्चाको पनि चिन्ता हुन्छ । वन विभागलाई भन्दा उनीहरू घर वरपरको झाडी सफा गर्नु भन्छन् । अब हामीले कति झाडी काट्ने ?’
खेतीबारे सोध्दा उनी भन्छिन्, ‘जे खेती लगाए पनि बँदेलले खाइदिन्छ । तीन दिन लगातार पानी पर्यो । बिजुली पनि थिएन । बँदेलको झुण्ड नै खेतमा पस्यो । राति उनीहरूलाई भगाउन को बाहिर जाने ? अहिले बर्खा लाग्यो भने पानी मात्र परिराख्छ । गर्मीमा उखरमाउलो गर्मी हुन्छ ।’
यो गाउँ पनि खाली हुनेछ
भरतपुर गाउँभन्दा अघि नौलू गाउँ पनि पलायनको मार झेलिरहेको छ । गाउँका धेरैजसो परिवार सहरमा बस्न थालेका छन् । यहाँका किसान सर्वेश्वर प्रसाद ढौलियाल भन्छन्, ‘आगामी दुई–तीन वर्षमा हाम्रो गाउँ पनि शून्य बन्नेछ । केही परिवार आफ्ना छोराछोरीको पढाइका लागि गाउँ छाडेर जाँदैछन् । केही चौपट भएको खेती र जनवारको आतंकका कारण गाउँ छाड्न बाध्य भएका छन् ।’
उनी अगाडि भन्छन्, ‘यस वर्ष मेमा गर्मीको समयमा धेरै वर्षा भयो । तर अर्को वर्ष मेमा पनि यस्तै वर्षा हुन्छ भन्ने छैन । मौसममा आइरहेको परिवर्तन अप्रत्याशित छ । यसरी किसानलाई कहिले खेती सुरु गर्ने भन्ने थाहा नै हुँदैन । धेरै पानी पर्यो भने पनि नोक्सानी हुन्छ, कम पानी पर्यो भने पनि नोक्सान नै ।’
उनी भन्छन्, ‘एउटा समय यस्तो थियो, हाम्रो खेतमा यति धेरै लसुन, प्याज र खुर्सानी फल्थ्यो कि त्यसलाई बेच्न धौधौ हुन्थ्यो । मेरो खेत हराभरा रहन्थ्यो । हामी धान, कोदो, गहुँ, दाल, भटमास, गहतसहित कयौँ अन्न फलाउँथ्यौँ । मानिसहरू घर आउँदा हामी मानिसहरुलाई खानेकुरा दिएर पठाउँथ्यौँ । अहिले केही पनि हुँदैन । गाउँको जलस्रोत कम भएको छ । जसले खेतमा सिँचाइ गर्न कठिन भएको छ । केहीले गरिरहेको खेतीलाई पनि जङ्गली जनावरले छाड्दैनन् ।’
सरकारले आफ्नो छोराछोरीलाई त्यहीँ नै रोजगारी दिए पलायन कम हुने उनी बताउँछन् । उनी भन्छन्, ‘यो हाम्रो देवभूमि हो । हामी आफ्नो जमिनबाट किन जान्थ्यौँ र ?’
हरियाणामा हुर्किएकी निर्मला सुन्द्रियाल १३ वर्ष अघि विवाह गरेर पौडीको कुईं गाउँमा आएकी हुन् । उनको गाउँमा पहिले ८० परिवार बस्थे । अहिले ३० जना परिवारमात्र बाँकी छन् । चुल्होमा रोटी पकाउँदै गरेकी निर्मला भन्छिन्, ‘गाउँमा जब धेरै मानिसहरू बस्थे, खेत भरिभराउ हुन्थ्यो । झाडीहरू थिएन । जङ्गली जनावरको धेरै समस्या थिएन । अहिले मानिसहरू कम भएपछि बचेकाका लागि समस्या सुरु भएको छ । डढेलोदेखि गाउँमा जङ्गली जनावर पस्न थालेका छन् । घरमा पालेका जनावरहरूलाई शिकार बनाउन थालेका छन् ।’
खेती र जलवायु परिवर्तन
जीबी पन्त कृषि तथा प्रविधि विश्वविद्यालयका कुलपति डा. तेज प्रताप सिंह भन्छन्, ‘अब हामी त्यो समयमा पुगेका छौँ, जहाँ खेतीमा जलवायु परिवर्तनको असर स्पष्ट रूपमा देखिन थालेको छ । पहिले भनिन्थ्यो, जलवायु परिवर्तन कारण खेती गर्ने ठाउँ परिवर्तन हुनेछ । तापमानमा वृद्धिसँगै वर्षा र हिमपातको प्याटर्न पनि परिवर्तन भएको मौसमले बताउँदैछ ।’
उनी अगाडि भन्छन्, ‘यस वर्ष मेमा गर्मीको समयमा धेरै वर्षा भयो । तर अर्को वर्ष मेमा पनि यस्तै वर्षा हुन्छ भन्ने छैन । मौसममा आइरहेको परिवर्तन अप्रत्याशित छ । यसरी किसानलाई कहिले खेती सुरु गर्ने भन्ने थाहा नै हुँदैन । धेरै पानी पर्यो भने पनि नोक्सानी हुन्छ, कम पानी पर्यो भने पनि नोक्सान नै ।’
उनी थप्छन्, ‘यो तय छ कि जलवायु परिवर्तनको प्रभावले आगामी समय तीव्र रूपमा मौसमी घटना बढ्नेछ र लामो समय सुख्खामा बित्नेछ । हामीले कृषिसँग जोडिएको चुनौतीसँग लड्न तयारी गर्नुपर्छ ।’
स्टेट अफ इनभाइरोमेन्ट रिपोर्ट अफ उत्तराखण्ड २०१९ अनुसार जलवायु परिवर्तनका कारण कृषि उत्पादन प्रभावित भएको छ । तापमानमा वृद्धि, अनियमित वर्षा, मनसुनमा ढिलाइ, सिँचाइको स्रोतमा कमीजस्ता कारणले राज्यको कृषि उत्पादनमा गिरावट आएको छ ।
उनले उच्च हिमाली क्षेत्रमा भालुहरूसँग भइरहेको सङ्घर्षको उदाहरण दिन्छन् । उनी भन्छन्, ‘भालु पहिले ४–५ महिना शीत निद्रामा हुन्थ्यो । तर, हिमपात कम हुन थालेपछि उसको निद्राको समय घटेको छ । लद्दाखको द्रास र जांस्कर घाटीमा हामीले पायौँ कि भालु एक महिना पनि शीतनिद्रामा जान सकिरहेको छैन ।’
के जलवायु परिवर्तनका कारण मानिस–वन्यजन्तुबीचको सङ्घर्ष बढेको हो ?
वन्यजन्तुको क्षेत्रमा काम गरिरहेको डब्लूडब्लूएफ इन्डियामा वाइल्ड लाइफ एन्ड ह्याबिट्याट प्रोग्रामका डा. दीपांकर घोष भन्छन्, ‘सिधारुपमा हामी जलवायु परिवर्तन र मानव–वन्यजन्तुबीचको संघर्षलाई जोड्न सक्दैनौँ । तर, यो स्पष्ट छ कि वैश्विक तापक्रम बढेको कारण जंगलमा आगलागीको घटना बढेको छ ।’
यसले जङ्गलको गुणवत्ता प्रभावित भइरहेको उनको भनाइ छ । उनले भने, ‘जङ्गली जनावर निर्भर रहने बिरुवा र फल जङ्गलको आगलागीमा नष्ट भयो भने उनीहरूको आहारमा समस्या हुन्छ । यसबारेमा निकै कम अनुसन्धान भएको छ ।’
देहरादूनमा वाइल्ड लाइफ इन्सिटिच्यूट अफ इन्डियामा वैज्ञानिक डा. विवश पाण्डव भन्छन्– जलवायु परिवर्तनको असरबाट मानिस र वन्यजन्तुको सङ्घर्षको घटना बढिरहेको छ ।
उनले उच्च हिमाली क्षेत्रमा भालुहरूसँग भइरहेको सङ्घर्षको उदाहरण दिन्छन् । उनी भन्छन्, ‘भालु पहिले ४–५ महिना शीत निद्रामा हुन्थ्यो । तर, हिमपात कम हुन थालेपछि उसको निद्राको समय घटेको छ । लद्दाखको द्रास र जांस्कर घाटीमा हामीले पायौँ कि भालु एक महिना पनि शीतनिद्रामा जान सकिरहेको छैन ।’
तर पौडी लगायत मध्य हिमाली क्षेत्रमा मानव–वन्यजस्तुबीच बढ्दो सङ्घर्षको घटनालाई भने उनी सामाजिक मान्छन् । मानिसहरू पलायन हुन थालेपछि खेतहरूको रेखदेखका लागि पर्याप्त जनशक्ति नभएको, झाडीहरू बढेकोलगायत कारण त्यो समस्या देखिएको उनी बताउँछन् ।