बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा एमालेको पालिका अधिवेशन सकियो, कहाँ को निर्वाचित ?

आइतबार, १४ कात्तिक २०७८, ११ : ३५
आइतबार, १४ कात्तिक २०७८

मकवानपुरको १० वटै स्थानीय तहमा नेकपा एमालेको पालिका अधिवेशन सम्पन्न भएको छ ।  बिहीबार र शुक्रबार एक÷एक गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको एमालेले एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिकामा भने शनिबार नै पालिका अधिवेशन सम्पन्न गरेको थियो ।

एमाले मकवानपुरले बिहीबार कैलाश गाउँपालिका र शुक्रबार राक्सिराङ गाउँपालिकाको अधिवेशन सम्पन्न भएको हो भने शनिबार हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया, बागमती, इन्द्रसरोवर, भीमफेदी, मनहरी र मकवानपुरगढी गाउँपालिकामा अधिवेशन भएको नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्री प्रसाद लम्सालले जानकारी दिए ।

एमालेको गाउँ नगर अधिवेशनले सबै पालिकाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको अध्यक्ष लम्सालले बताए ।

हेटौंडा उपमहानगरपालिकाको नगरअधिवेशनले शालिकराम पुडासैनी नेतृत्वमा ८५ सदस्यीय कमिटी गठन गरेको हो । सो कमिटीको उपाध्यक्षमा नवराज खतिवडा, सचिवमा बोलबहादुर कार्की तथा उपसचिवहरुमा उर्मिला श्रेष्ठ र जेन श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी बकैया गाउँपालिका कमिटीको अध्यक्षमा गोपाल दाहाल चयन भएका छन् । अधिवेशनबाट दाहालको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा सुस्मिता घोरासैनी, सचिवमा फूलमान भोम्जन तथा उपसचिवहरुमा याग्री डोल्मा लामा र लालबहादुर स्याङ्तान चयन भएका हुन् ।

ईन्द्रसरोबर गाउँपालिका कमिटीको अध्यक्षमा देवकृष्ण पुडासैनी चयन भएका छन् । अधिवेशनले पुडासैनीको नेतृत्वमा ६३ सदस्यीय गाउँ कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा प्रताप भोम्जन, सचिवमा धनवीर स्याङ्तान तथा उपसचिवहरुमा बैकुण्ठ थापा मगर र उमाकुमारी लामा चयन भएका छन् ।

भीमफेदी गाउँपालिकाको अध्यक्षमा सानु थापा मगर सर्वसम्मत रुपमा चयन भएका छन् । थापाको नेतृत्वमा भीमफेदीमा ५७ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा शिबराज पुडासैनी, सचिवमा शिबराम रूम्बा तथा उपसचिवहरुमा मंगलादेवी श्रेष्ठ र काशीराम बज्यु चयन भएका हुन् ।

बागमती गाउँपालिकामा चन्द्रबहादुर राईको अध्यक्ष चयन भएका छन् । राईको नेतृत्व रहको गाउँ कमिटीको उपाध्यक्षमा किशोर राई, सचिवमा मनोज नेगी तथा उपसचिवमा आशीष पाख्रिन र देवराज राना चयन भएका छन् ।

थाहा नगरपालिकाको अध्यक्षमा अच्युत्तम प्रसाद ढकाल चुनिएका छन् । शनिवार सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा ७५ सदस्यीय पालिका कमिटी चयन गरेको हो । अधिवेशनले गाउँ कमिटीको उपाध्यक्षमा हेम थिङ, सचिवमा कुमार नेगी, उपसचिवमा सुजन रायमाझी र उत्तम लामिछाने चयन गरेको छ ।

मकवानपुरगढीको नेतृत्व भने रामजी सापकोटाले पाएका छन् । उनको अध्यक्षतामा ६५ सदस्यीय कमिटी निर्माण गरेको छ । अधिवेशनले गाउँ कमिटीको उपाध्यक्षमा जित बहादुर घिमिरे, सचिवमा नानीराम मिमल्सिना, उपचिवहरुमा चन्द्र योञ्जन र शारदा तिमल्सिना चुनिएका हुन् ।

मनहरी गाउँकमिटीको अध्यक्षमा नविन सुवेदी चयन भएका छन् । उपाध्यक्षमा मोहन लाल थिङ, सचिवः पोषकबाबु विष्ट, उपसचिवहरु भने टुंगिन बाँकी रहेको जनाइएको छ । एमालेले मनहरीमा सुवेदीको नेतृत्वमा ७५ सदस्यीय गाउँ कमिटी बनाएको हो ।

राक्सिराङ गाउँपालिकामा भने रोहन लामाले एमालेको नेतृत्व गर्ने छन् । लामाको नेतृत्वको गाउँ कमिटीको उपाध्यक्ष रंजिता घलान, सचिव दिनेश चेपाङ, उपसचिवमा सञ्च बहादुर चेपाङ र दिनेश वाईवा चयन भएका छन् ।

एमाले कैलाश गाउँपालिकाको अध्यक्ष पुन्य भण्डारी सर्वसम्मत चयन भएका छन् । यसैगरी उपाध्यक्षमा छेकु लामा, सचिव राजकुमार गोले उपसचिवमा गौरी बर्तौला र ओम कुमार मोक्तान रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप