गरिमा विकास बैंकमा गाभिँदै सहारा, कात्तिक २८ गतेदेखि एकीकृत कारोबार
राष्ट्रियस्तरको गरिमा विकास बैंकले सहारा विकास बैंकलाई एक्वायर (प्राप्ति) गरेको छ । गरिमा विकास बैंकको गत भदौ १५ गते र सहारा विकास बैंकको भदौ १२ गते बसेको छुट्टाछुट्टै विशेष साधारणसभाले एक्विजिशनमा जाने प्रस्ताव पारित गरेसँगै सहारा गरिमा बैंकमा विलय हुने भएको हो ।
बैंक विलय तथा प्राप्तिका लागि नेपाल राष्ट्र बैंकले गत कात्तिक १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक ११ गते अन्तिम स्वीकृति दिइसकेको छ । योसँगै अब यी दुई बैंकले आगामी कार्तिक २८ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यद्यपि, बैंकको नाम भने गरिमा विकास बैंक नै रहने छ ।
एक्युजिशन सम्झौता अनुसार दुई बैंकबीच १ः१ को भ्यालुएसन साझेदारी रहने सहमति भएको गरिमा विकास बैंकले जनाएको छ । अर्थात् गरिमा विकासले सहारा विकासलाई १ को बराबर १ शेयर आदानप्रदान रेशियोमा प्राप्ति गर्ने सहमति भएको हो ।
प्राप्ति पश्चात बैंकको चुक्तापूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँ पुग्नेछ । बैंकको केन्द्रिय कार्यालय भने हाल गरिमा विकास बैंक रहेकै भवन काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहनेछ ।
गरिमा विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो भने सहारा विकास बैंक सर्लाही जिल्लालाई केन्द्रित हुँदै सञ्चालन भइरहेको बैंक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्चेन्ट बैंकर्सद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेट
-
लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोह सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आउँदै
-
सहकारी ठगीको ‘इपिसेन्टर’ गण्डकी
-
रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु
-
एकनास छैनन् सहकारी : कतै बचत फिर्ता पाउनै मुस्किल, कतै बचतको ओइरो
-
चितवन राइनोजसँग जोडिए चर्चित पाकिस्तानी खेलाडी सोहेल तनवीर