पासपोर्ट बनाउन राहदानी विभागमा राति १ बजेदेखि लाइन (फोटोफिचर)
काठमाडौं । आइतबार बिहानैदेखि राहदानी विभागमा पासपोर्ट (एमआरपी) बनाउनेको भीड देखिएको छ । नारायणहिटीको दक्षिण गेटमा दोहोरो लाइन छ । राहदानी विभागले मंगलबारपछि आज टोकन बाढ्दैछ । बुधबार, विहीबार र शुक्रबार मंगलबार टोकन लिएकाहरुले एमआरपी बनाउने पालो थियो । आइएलटिस रिजल्ट र इडिभी भर्नेहरुले पासपोर्ट बनान लागेकाले राहदानी विभागमा थेगिनसक्नु भीड छ ।
साथै एमआरपी नवीकरण गर्नेहरुको घुइँचो पनि उस्तै छ । आज बिहान १ बजेदेखि मान्छेहरूको लाइनमा छन् । बच्चा काखमा बोकेर मान्छेहरु लाइन बसेको अवस्था छ ।
दाङ समिक्षा थापाले घर बिहान ४ बजेदेखि लाइनमा बसेको बताइन् । यस्तै थानकोटका नुबु दोर्जे पनि बिहान ४ बजेदेखि नै लाइनमा छन् । झापाका जितबहादुर राईले आफू बिहान ६ बजेदेखि लाइनमा बसेको बताए ।
तनहुँको खैरेनिटारकी प्रीति गुरुङ, धनुषा रवीन्द्र काप टोकनका लागि विहानै देखि लाइनमा छन् । विभागले दैनिक ६ सयसम्म टोकन दिने गरेको भएपनि आइतबार करिब दुई हजार मान्छे लाइनमा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला