शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

श्रममन्त्री श्रेष्ठ स्वदेश फिर्ता, भ्रमण सफल र फलदायी रहेको दाबी

आइतबार, १४ कात्तिक २०७८, ०६ : ५३
आइतबार, १४ कात्तिक २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले छैटौं श्रममन्त्रीस्तरीय ‘अबुधाबी डाइलग’ मा भागलिने सिलसिलामा भएको आफ्नो संयुक्त अरब इमिरेट्स (युएई)भ्रमण मुलुकका निम्ति फलदायी रहेको बताएका छन् ।

यही कात्तिक ८ देखि १२ गतेसम्म दुबइमा भएको उक्त डाइलगमा सहभागी भएर शनिबार राति स्वदेश फर्किएका उले नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे आफूले विशेष रुपमा नेपालको अवधारणा प्रस्तुत गरेको जानकारी दिए। 

कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न रोजगारी दिने देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने बताए ।

आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क आवास र भोजनको व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेको मन्त्री श्रेष्ठले बताए । यस्तै उनले श्रमिकको क्षमता विकासका कार्यक्रम सञ्चालनका साथै आगमन तथा प्रस्थान विन्दुमा निःशुल्क पिसीआर परीक्षण, क्वारेन्टिइन तथा आइसोलेसन सेन्टरको व्यवस्था र उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेको बताए ।
 
युएइमा रहँदा मन्त्री श्रेष्ठले त्यहाँका मानव संशाधनमन्त्री अव्दुल रहमान अव्दुलमानन अल अवारलाई भेटेर नेपाल– युएइ द्विपक्षीय बैठक आयोजना गर्ने विषयमा छलफल गरेका थिए  । यस्तै युएइ आउने नेपाली कामदार लक्षित सीपमूलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार लिने तथा सामाजिक सुरक्षा योजना विस्तार गर्नेलगायका विषयमा छलफल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप