मातृभूमिको उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली सङ्गठन युके शाखाको आयोजनामा आज यहाँ भएको कार्यक्रममा उनले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताए ।
गैरआवासीय नेपालीका नेपाली नागरिकता र प्रवेशाज्ञाप्राप्तिलगायत समस्या राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गर्नुपर्ने भएकाले सबैको समझदारीमा मिलेर जानुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।
गैरआवासीय सङ्घ युके शाखाका संरक्षक शेरबहादुर सुनारले भूतपूर्व गोर्खा सैनिकका समस्या सामाधानका लागि विशेष प्रयास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सोही शाखाका शाखा अध्यक्ष प्रेम गाहामगरले नेपालमा लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताए ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६)अन्तर्गत यही कात्तिक १५ गते हुने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डनमा रहेका छन् ।
शनिबार नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा कार्यक्रममा आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञान प्रविधिका २ विधेयकको मस्यौदामा अनुसन्धानकर्मी र वैज्ञानिकहरूसँग छलफल
-
प्रचण्ड–ओली भेटबारे मन्त्री शक्ति बस्नेत के भन्छन् ?
-
कमलादीमा एकीकृत समाजवादीको बन्द-सत्र सुरु
-
विभिन्न डमी कम्पनीमार्फत ३० अर्ब रुपैयाँभन्दा बढीको सुन तस्करी : सीआईबी
-
बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्छ : सांसद श्रेष्ठ
-
भारतमा नयाँ फौजदारी कानुनलाई लिएर कांग्रेसले उठायो गम्भीर प्रश्न