सुजिता बस्नेत बनिन् मिस युनिभर्स नेपाल २०२१
‘मिस युनिभर्स नेपाल २०२१’ को विजेता सुजिता बस्नेत बनेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगद सहित हिरा जडित ताज लगाउन सफल भइन् । उनलाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिराएकी थिइन् ।
राजधानीको होटल याक एन्ड यतिमा शनिबार साँझ आयोजित फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामि १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा बिभिन्न उप शिर्षकमा समेत विजेता छानिएको थियो । प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावली लगायत रहेका थिए ।
गतवर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की बिजेता अंशिका शर्माले गरेकी थिइन् । कार्यक्रममा डा.केशु खड्का फोर्थ रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप ,निनाकान्ता मण्डल फस्ट रनरअप घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन