बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लण्डनमा प्रधानमन्त्री देउवासँग बेलायतका लर्डसहरुको भेटवार्ता

शनिबार, १३ कात्तिक २०७८, १८ : ५५
शनिबार, १३ कात्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका लर्डस स्वराज पल, लर्डस शेख र लेडी शेखले शिष्टाचार भेटवार्ता गरेका छन् । यहाँस्थित नेपाली राजदूतावासमा आज विहान भएको भेटमा उनीहरुले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपाल–बेलायत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए ।

द्विपक्षीय सम्बन्धका जानकार तथा चिरपरिचित उनीहरुले सम्बन्ध सुदृढ गर्न आफूहरुको सबै प्रकारको सहयोग सदभाव् रहिरहने विश्वास दिलाए  । उनीहरु बेलायतको संसदमा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध  र त्यसलाई प्रबद्र्धन गर्ने सम्बन्धमा धारणा व्यक्त गर्दै बेलायत सरकारले नेपाललाई गर्दै आएको सहयोगको सरहाना गरे । भेटमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र सचिव पौड्याल, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, यहाँस्थित नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायत थिए ।

नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन आइपुगेका हुन् ।  प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यही रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप