ट्युसन पढ्न जाँदा किशोरी बलात्कृत
शनिबार, १३ कात्तिक २०७८, १७ : ५३
पर्सामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही ठाउँ बस्ने २५ वर्षीय अनिल महतो कोइरी रहेका छन् ।
ती किशोरी ट्युसन पढ्न जाने क्रममा कात्तिक ९ गते बिहान उनीहरुले बाटो ढुकी जबरजस्ती तानेर फोटो स्टुडियोभित्र लगी जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर जबरजस्ती करणी उद्योग कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार