शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बुढानिलकण्ठमा ग्यास सिलिन्डर पड्किएर आगलागी

शनिबार, १३ कात्तिक २०७८, १७ : ५०
शनिबार, १३ कात्तिक २०७८

काठमाडौंको बुढानिलकण्ठमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । बुढानिलकण्ठ नगरपालिका-४ स्थित पासिकोट शिब मन्दिर नजिक बस्ने ४३ वर्षीय दिलसेन खड्काको घरमा ग्यास सिलिन्डर पड्किएर शुक्रबार राति आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद १ लाख ५० हजार रुपैयाँ जलेर करिब १५ लाख  रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । 

यता, काभ्रेको पाँचखाल नगरपालिका-५ बस्ने देवराज बिकको माहालक्ष्मी फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा फर्निचर मेशिन र फर्निचर लगायतका सामान पूर्णरुपमा जलेर करिब १ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ भालुखोप बस्ने देवी प्रसाद चौहानको घरको चुलोमा बालेको आगोबाट आगो सल्किएर शनिबार बिहान आगलागी हुँदा घर, लत्ताकपडा, भाँडावर्तन जलेर करिब १२ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप