सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ

शनिबार, १३ कात्तिक २०७८, १७ : ४५
शनिबार, १३ कात्तिक २०७८

बाँकेबाट चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका-११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट १ थान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा राप्ती सोनारी गाउँपालिका-९ ढकेरी बस्ने ३५ वर्षीय हिरासिह बिक, सुर्खेत पंचपुरी नगरपालिका-७ बस्ने २४ वर्षीय रमेश वयक र सोही ठाउँ बस्ने २८ वर्षीय बसन्त बिसी रहेका छन् । चितुवाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले होटलमा बसेका उनीहरुलाई उक्त छाला र हड्डीसहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप