पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन : ६ विद्यार्थी संगठन
६ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन्। नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली जसपा निकट
समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ राष्ट्रिय जनमोर्चा निकट अखिल छैठाैँका अध्यक्ष देवेन्द्र कुँवर विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले आम-नेपालीको जनजीवन कठिन बनाएको ठहर गरेका छन्।
'दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रहरूमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ।'६ विद्यार्थी सङ्गठनले विज्ञप्तिमा भनेका छन्,'बहुसङ्ख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केबल तेलको व्यापारीको जस्तो भूमिका किमार्थ स्वीकार्य छैन ।' विज्ञप्ति र शालीन आग्रहलाई बेवास्ता गरिए कडा सङ्घर्षमा उत्रन बाध्य हुने उनीहरूको चेतावनी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक ताकतमा क्यानाडालाई हासिल गर्ने ट्रम्पको धम्कीपछि ट्रुडोले दिए कडा जवाफ
-
केयु अन्तर्गत पत्रकारिता स्नातक तहको कार्यक्रम सुरु
-
ट्रम्पसँग सम्बन्ध सुधार्न ‘फ्याक्ट चेक’हटाउँदै मेटा
-
नास्ट र उद्योग वाणिज्य महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल
-
१२ बजे, १२ समाचार : सशस्त्रका चार डीआईजीहरुको पदावधि थपदेखि कुलमानलाई हटाउन मन्त्री खड्काको जोडबलसम्म
-
१० बजे १० समाचार : चीनमा भूकम्प नेपालसम्म धक्का, एकैदिन सकिए एमाले र माओवादीको बैठक