बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा  कोभिड–१९ का १४,३१३ नयाँ बिरामी थपिए

शनिबार, १३ कात्तिक २०७८, १७ : १७
शनिबार, १३ कात्तिक २०७८

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार बढेर ३४,२६०,४७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४,३१३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ।

यसबाहेक शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५४९ जनाको मृत्यु भएको छ । यो सङ्गै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन् ।  हाल देशमा  १६१,५५५ सक्रिय सङ्क्रमितहरु छन् । पछिल्लो २४ घण्टामा भने १३ हजार ५४३ नयाँ निको भएका छन्  । यो सङ्गै निको हुनेको सङ्ख्या ३३,६४१,१७५ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप