शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कृष्ण दाइकाे नेतृत्वमा काँग्रेस नेतृत्व परिवर्तन गरिन्छ : गगन थापा

शनिबार, १३ कात्तिक २०७८, १७ : १९
शनिबार, १३ कात्तिक २०७८

नेपाली काँग्रेस नेता गगन थापाले १४ औं महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । खानेपानी मन्त्री उमाकान्त चौधरीद्वारा शनिबार आयोजित कार्यक्रममा नेता थापाले कृष्णप्रसाद सिटौलाकै नेतृत्वमा काँग्रेस नेतृत्व परिवर्तनका लागि उपयुक्त निर्णय गरिने बताए ।

‘अघिल्लो पटक जसरी आदरणीय नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा हामी एकजुट भएर पार्टीभित्र बदलावको प्रयास गर्‍यौँ। एउटा अभ्यास गर्‍यौँ। एउटा प्रयत्न गर्‍यौँ। ४-५ वर्ष हेर्‍यौँ । आजका दिनमा काँग्रेसको आवश्यकता महसुस गरेर नेतृत्वबारे के गर्दा हुन्छ भन्ने कुरालाई पनि विश्लेषण गरी कृष्ण दाइकै नेतृत्वमा पार्टीभित्र सही र उपयुक्त निर्णय गर्न एक ठाउँमा रहेर पुग्छौँ,’ थापाले भने ।

पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग निकट देखिएका थापाले नेतृत्व परिवर्तन गरेर निर्वाचनमा जानुपर्ने बताए । नेता थापाले अर्ली इलेक्सनकाे सम्भावना नरहेको भन्दै स्थानीय चुनावदेखि नै काँग्रेस एक्लै चुनाव लड्ने बताए ।

‘वैशाखमा स्थानीय चुनाव हुन्छ। मङ्सिरमा आम चुनाव हुन्छ। मैले बुझेको यति हो,’ थापाले भने, ‘काँग्रेस एक्लै चुनाव लड्छ। कोहीसँग टाँसिन चाहन्न । काँग्रेस स्थानीय चुनाव पनि एक्लै लड्नुपर्छ। काँग्रेसले आम चुनाव पनि एक्लै लड्नुपर्छ,’ ।

नेता थापाले अगाडि थपे , ‘काँग्रेस स्थानीय र आम चुनाव एक्लै लड्छ कसैसँग टाँसिएर लड्दैन। स्थानीय र आम दुवै एक्लै लड्नुपर्छ।’ इलेक्सन पछाडि बहुमत पुगेन भने मात्र मिलेर सरकार बनाउने उनको भनाइ थियो । डेढ वर्षको काँग्रेस नेतृत्व सरकारले गरेका काम र पाँच वर्षमा गर्ने योजनाका साथ जनताको माझमा जानुपर्ने थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप