शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लवका नेता–कार्यकर्ताहरूको रिहाइका लागि गृहकार्य भइरहेको छ : कार्यवाहक प्रधानमन्त्री

शनिबार, १३ कात्तिक २०७८, १७ : ११
शनिबार, १३ कात्तिक २०७८

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरूको रिहाइको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् । गृहमन्त्री समेत रहेका उनले सो पार्टीका नेता, कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानुनी रूपमै टुङ्ग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारेका हुन् । 

खाँणले सो पार्टीका एउटै बन्दीलाई ६/७ वटासम्म मुद्दा लागेको पाइएको उल्लेख गर्दै उनीहरूलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरूसँग छलफल भइरहेको जानकारी समेत दिए । उनले सो पार्टीको मुद्दा लागेका, बन्दी जीवन बिताइरहेकाहरूको सङ्ख्या यकिन गर्ने काम सरकारले गरिरहेको बताए । सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिबद्ध रहेको खाँणको भनाई थियो । 

उनले भने, ‘मुद्दा लागेकाहरूलाई चाँही कानुनी प्रक्रियाबाटै त्यो मुद्दा टुङ्गियोस्, फिर्ता लिन सकियोस् । र बन्दीहरू पनि प्रक्रियागत रूपमै मुक्त हुन भन्ने हाम्रो चाहना छ । एउटै व्यक्तिलाई ६ वटा, ७ वटा मुद्दा पनि छ । त्यसलाई हामीले अब कसरी सम्बोधन गर्ने भन्नेमै छलफलमा छौ हामी । सरकार सबै राजनीतिक पार्टीहरूसँग संवाद गर्ने, छलफल गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर शान्ति स्थापना गर्न प्रतिबद्ध छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप