आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा कम, थप ११ जनाको मृत्यु

शनिबार, १३ कात्तिक २०७८, १७ : ०७
शनिबार, १३ कात्तिक २०७८

देशभर थप ३७२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ९ सय ११ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २९७ र एन्टिजेन विधिबाट ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ९११ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमित मध्ये ७ लाख ९१ हजार २६९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । योसँगै देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या लामो समयपछि १० हजारभन्दा कम पुगेको छ । हाल देशभर ९ हजार ५२६ जना सङ्क्रमित रहेका छन् ।

देशभर थप ११ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै मृतकको सङ्ख्या ११ हजार ३९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ७३ हजार ५९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप