मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री सडकमा आइपुगे : नेपाल

शनिबार, १३ कात्तिक २०७८, १६ : ५६
शनिबार, १३ कात्तिक २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा नेकपा एमाले बढारिएर जाने बताएका छन् । नेता नेपालले चुनावपछि एमाले टर्च बालेर खोज्नुपर्ने अवस्था आउने समेत दाबी गरेका हुन् ।

शनिबार विराटनगरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘केपी ओलीका मान्छेले फुर्ती गर्नुपर्ने अवस्था छैन । भोलिको चुनावमा एमाले बढारिएर जानेछ । त्यो बेला एमाले पार्टीलाई टर्च बालेर खोज्नुपर्ने हुन्छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले ओलीको पछि बयलगाडाको सोच भएका मानिसहरू मात्र जाने भन्दै नयाँ विचार बोक्ने आफूहरुतर्फ आउने जिकिर गरे । उनले केपी ओली पार्टीमा तानाशाह बनेको पनि दाबी गरे ।

अध्यक्ष नेपालले ओलीको दम्भका कारण अहिले सत्ताबाट सडकमा आइपुगेको बताए । दुई तिहाइको सत्ताको मात लागेका केपी ओलीलाई आफूहरूले आँट गरेर भुईँमा पछारिदिएको भन्दै अध्यक्ष नेपालले भने, ‘आज दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री ओली सडकमा आइपुगेका छन् । ओलीको दम्भ निस्तेज पार्दै विद्रोहमा जन्मिएको पार्टी एकीकृत समाजवादी सत्तामा पुगेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप