संघीय निजामती ऐन अघि बढ्छ : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघीय निजामती ऐन अगाडी बढ्ने बताएका छन् । नेपाल कर्मचारी महासंघ गण्डकी प्रदेश स्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै उनले संसद्मा अड्किएको संघीय निजामती ऐन अगाडी बढ्ने बताएका हुन् ।
‘संघीय निजामती ऐन बनाउन लामो समय कसरत भयो विभिन्न कारणले संसद्मा अड्किएको छ,’ उनले भने, ‘यसबारेमा अस्तिको क्याबिनेटमा छलफल भएको छ अब अगाडी बढ्छ ।’ द्वन्द्वकालमा विस्थापित भएका कर्मचारी र शिक्षकका समस्याका विषयमा अहिलेको सरकारले सम्बोधन गर्नुपर्ने कुरा बताउँदै त्यसको लागि आफू कुरा उठाइरहेको पौडेलले बताए । ‘जनयुद्धमा लागेर विस्थापित भएका कर्मचारी र शिक्षकको पक्षमा सरकारसँग छलफल गरी समाधान गर्ने कुरा भएको छ’ उनले भने ।
फरक प्रसङ्गमा पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टी निर्माणमा लाग्नुपर्ने सङ्कल्प गरेकाले फेरि तल्लो तहबाट उठ्ने बताए । पार्टीमा २०६४ सालको कुरा हुँदै गर्दा हामी कोही पनि ६४ सालको जस्तो नभएको भन्दै हाम्रा व्यवहार परिवर्तन गरी फेरि पार्टी निर्माणमा लाग्नुपर्ने बताए । अबको निर्वाचनमा पहिलो पार्टी बन्ने उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण