शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संघीय निजामती ऐन अघि बढ्छ : मन्त्री पौडेल

शनिबार, १३ कात्तिक २०७८, १६ : २०
शनिबार, १३ कात्तिक २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघीय निजामती ऐन अगाडी बढ्ने बताएका छन् । नेपाल कर्मचारी महासंघ गण्डकी प्रदेश स्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै उनले संसद्मा अड्किएको संघीय निजामती ऐन अगाडी बढ्ने बताएका हुन् ।

‘संघीय निजामती ऐन बनाउन लामो समय कसरत भयो विभिन्न कारणले संसद्मा अड्किएको छ,’ उनले भने, ‘यसबारेमा अस्तिको क्याबिनेटमा छलफल भएको छ अब अगाडी बढ्छ ।’ द्वन्द्वकालमा विस्थापित भएका कर्मचारी र शिक्षकका समस्याका विषयमा अहिलेको सरकारले सम्बोधन गर्नुपर्ने कुरा बताउँदै त्यसको लागि आफू कुरा उठाइरहेको पौडेलले बताए । ‘जनयुद्धमा लागेर विस्थापित भएका कर्मचारी र शिक्षकको पक्षमा सरकारसँग छलफल गरी समाधान गर्ने कुरा भएको छ’ उनले भने ।

फरक प्रसङ्गमा पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टी निर्माणमा लाग्नुपर्ने सङ्कल्प गरेकाले फेरि तल्लो तहबाट उठ्ने बताए । पार्टीमा २०६४ सालको कुरा हुँदै गर्दा हामी कोही पनि ६४ सालको जस्तो नभएको भन्दै हाम्रा व्यवहार परिवर्तन गरी फेरि पार्टी निर्माणमा लाग्नुपर्ने बताए । अबको निर्वाचनमा पहिलो पार्टी बन्ने उनले दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप