आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कोभिडले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारसँग माग

शनिबार, १३ कात्तिक २०७८, १५ : ४६
शनिबार, १३ कात्तिक २०७८

कोभिड १९ महामारीपछि थलिएको नेपालको पर्यटन पुनरुत्थानका लागि विशेष प्याकेज ल्याउन व्यवसायी तथा विज्ञहरूले सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग भेटेर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग गरेका हुन् ।

उनीहरुले कोभिड महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले यसलाई ब्यूँताउन आवश्यक रहेकोमा जोड दिए । व्यवसायी राजाराम गिरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री आलेसमक्ष पर्यटन क्षेत्रको अवस्थाबारे अवगत गराएको हो । महामारीका कारणले पर्यटन व्यवसाय बन्द हुँदा बेरोजगारी बढेको जानकारी दिएको छ ।

पर्यटन आगमन न्यून हुँदा विदेशी मुद्रा अभाव लगायतका समस्या उजागर गर्दै व्यवसायीले सरकारले एउटा विशेष कमिटी गठन गरी पर्यटनलाई मूर्तरूप दिन प्रतिनिधिमण्डलले आग्रह गरेको छ । प्रतिनिधिमण्डलले एउटा अधिकार सम्पन्न राष्ट्रिय पर्यटन पुनरुत्थान समिति गठन गरी तत्काल काम थाल्न समेत मन्त्रीलाई आग्रह गरेको छ ।

प्रतिनिधिमण्डलमा होटल सांग्रिलाका प्रवन्ध निर्देशक प्रसिद्ध पाण्डे, काठमाडौं गेष्ट हाउस ग्रुपका अध्यक्ष सुनिल शाक्य, पर्यटनविद् विक्रम पाण्डे, टर्किस् एयरलाइन्सका कन्ट्री म्यानेजर अब्दुल्लाह टन्सर केसीसी, टानकी महासचिव सरिता लामा, इत्तिहाद एयरवेजका पूर्व कन्ट्री म्यानेजर पवन श्रेष्ठ लगायतको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप