सभामुख सापकोटा संसदीय राजनीतिको कलङ्क : ओली
शनिबार, १३ कात्तिक २०७८, १५ : ४४
एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्नि सापकोटाले पदीय गरिमा बिर्सिएर पार्टीका पक्षमा काम गरेको आरोप लगाएका छन् । सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्च, एमालेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी चुनावमा माओवादी नराम्ररी हार्ने ठोकुवा गरे ।
‘एक तिहाइ होइन, एउटा पनि छोडिँदैन । अग्नि सापकोटाजस्तो संसदीय राजनीतिको कलङ्क मान्छे, फेरि सिन्धुपाल्चोकबाट निर्वाचित भएर संसद्मा पाइलो टेक्न पाउनुहुन्छ ? संसद्को सभामुखको गरिमा राखेको खोइ । पदीय ढोँगी , मर्यादा केही छैन । पदीय भूमिका र पदीय गरिमालाई तिलाञ्जली दिएर एमालेविरुद्धको षडयन्त्रमा सामेल हुने,’ ओलीले भने, ‘पार्टीको निर्देशनमा संवैधानिक परिषद्का बैठकमा अनुपस्थित हुने । पदीय कर्तव्य पालना नगर्ने र देशलाई नै बर्बाद गर्ने व्यक्ति कसरी चुनिनुहुन्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी