बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्र बैङ्कले ब्याजदर वृद्धिमा हस्तक्षेप गर्दा एक सातामा नेप्से २२५ अङ्कले बढ्यो

शनिबार, १३ कात्तिक २०७८, १५ : ४१
शनिबार, १३ कात्तिक २०७८

नेपाल राष्ट्र बैङ्कले कात्तिक ३ गते निक्षेपको ब्याजदर वृद्धि रोकेपछि सेयर बजारमा चमक आएको छ । वाणिज्य बैङ्कहरूले आफूखुसी ब्याजदर बढाउन थालेपछि निरन्तर घट्दो यात्रामा रहेको बजार एकाएक सुधारिएको हो । 

यो साताभरमा सेयर बजार २२५ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको पाँच कारोबार दिनमा बढेर २२५ अङ्कले उकालो लागेको हो । योसँगै अघिल्लो साताको बिहीबार २५ सय ५६ अङ्कमा रोकिएको नेप्से परिसूचक २७ सय ८२ अङ्कमा पुगेको छ ।

सातामा कारोबार भएका पाँचै दिन नेप्से परिसूचक उकालो लागेको थियो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यो साताभरमा नेप्सेमा कुल २५ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप