आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

दुई महिनामा तीन करोड ३८ लाखको विद्युतीय चुलो भित्रियो

शनिबार, १३ कात्तिक २०७८, १४ : ४६
शनिबार, १३ कात्तिक २०७८

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा ३ करोड ७८ लाख रुपैयाँको विद्युतीय चुलो भित्रिएको छ । भन्सार विभागले दुई महिनामा उक्त रकम बराबरको १४ हजार ८०० वटा विद्युतीय चुलो भित्रिएको बताएको छ ।

यस्तै, यो अवधिमा ९ करोड ५५ लाख रुपैयाँ बराबरको ९ हजार ८०० वटा माइक्रोवोभन, ९ करोड १९ लाख रुपैयाँ बराबरको ७७ हजार वटा राइस कुकर समेत भित्रिएको छ ।

यस अवधिमा १३ करोड ४५ लाख रुपैयाँ बराबरको विद्युतीय कित्ली, ४ करोड ३२ लाख रुपैयाँ बराबरको चिया÷कफी बनाउने सामाग्री समेत भित्रिएको विभागले जानकारी दिएको छ । नेपाल विद्युतमा आत्मनिर्भर भएपछि विद्युतीय सामाग्रीको आयात बढ्दो क्रममा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप