दुई महिनामा ६ खर्ब ४८ अर्ब अन्तर बैंक कारोबार
शनिबार, १३ कात्तिक २०७८, १४ : ०५

चालू आर्थिक वर्ष २०७८/७९ मा ६ खर्ब ४८ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको छ । साउन र भदौ महिनामा वाणिज्य र अन्य वित्तीय संस्थाबीच उक्त रकम बराबरको अन्तर बैंक कारोबार भएको हो । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच दुई महिनामा ५ खर्ब ५७ अर्ब ३० करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको बताएको छ ।
यस्तै, यस अवधिमा विकास बैंकहरू बीचमा ९१ अर्ब १ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुबीच ७ खर्ब ३८ अर्ब र अन्य वित्तीय संस्थाबीच ३० अर्ब २४ करोड अन्तर बैंक कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफीमा सबैभन्दा धेरै शतक बनाउने चार ब्याटर
-
स्थानीय तहले कृषि र गैरकृषि जग्गा छुट्याउन अझै सकेनन्
-
‘होस्टेल ३’को बुकिङ खुला, कति छन् शो ?
-
आज विवाह गर्दै अस्मिता र महेश
-
ट्रम्पलाई अर्को धक्का, युएसएआईडीको फन्ड फ्रिज गर्ने अनुरोध सर्वोच्चद्वारा अस्वीकार
-
१ रुपैयाँ तिरेर फिल्म 'चिसो मान्छे' हेर्न पाइने