बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ

शनिबार, १३ कात्तिक २०७८, १३ : ५९
शनिबार, १३ कात्तिक २०७८

बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँकेको राप्ती रोनारी गाउँपालिका–९ ढकेरी बस्ने ३५ बर्षीय हिराबहादुर बिक, सुर्खेतको पञ्चपुरी नगरपालिका–७  का २४ वर्षीय रमेश वयक र सोही स्थानका २८ वर्षीय बसन्त जिसी रहेको  इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

पक्राउ पर्नेहरूसँगै एकथान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी बरामद गरिएको डिसपी खनालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप