बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुस्ताङमा राष्ट्रपति भण्डारी (तस्बिरहरु)

शनिबार, १३ कात्तिक २०७८, १३ : ०९
शनिबार, १३ कात्तिक २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पुजाअर्चना गरेकी छन् । शनिबार बिहान उनले मुक्तिनाथ मन्दिरमा पुजाअर्चना गरेकी हुन् । पुजाअर्चनाका क्रममा राष्ट्रपति भण्डारीबाट मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरेकी छन् ।

भण्डारी आजै बागलुङको ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि जाने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारी मुक्तिनाथको दर्शन भ्रमणका लागि शनिबार काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ गएकी हुन् । राष्ट्रपति भण्डारी मुस्ताङ पुग्दा देखिएका तस्बिरहरुलाई यहाँ प्रस्तुत गरेका छौ । तस्बिर : रासस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप