सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

आजदेखि दुई दिने अन्तर्राष्ट्रिय वास्तुकला सम्मेलन सुरु

शनिबार, १३ कात्तिक २०७८, ११ : ४८
शनिबार, १३ कात्तिक २०७८

आजदेखि दुई दिने अन्तर्राष्ट्रिय वास्तुकला सम्मेलन सुरु भएको छ । सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना)को आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन कुपण्डोलको हिमालय होटलमा सुरु भएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनको उद्घाटनसँगै सुरु भएको सम्मेलनमा देश तथा विदेशका करिब ५०० जना आर्किटेक्ट सहभागी हुँदैछन् । सहभागी मध्ये २०० नेपाली र ३०० जना विदेशी हुने आर्किटेक्ट रहने सोनाका अध्यक्ष राजेश थापाले जानकारी दिए ।

कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति पुनले वास्तुकला नेपालको पहिचान भएको र विदेशबाट नेपालको वास्तुकला हेर्नकै लागी पर्यटक आउने गरेको बताए । उनले विशेष गरेर काठमाडौँ उपत्यकामा नेपालको वास्तुकला देख्न पाइने बताए ।

उनले भने, ‘नेपालको पहिचानकारुपमा अगाडी बढेको वास्तुकलाको संरक्षण र विकास गर्दै लग्नुपर्छ । यसका लागि सरकारले ध्यान दिनुपर्छ ।’

यस्तै, सोनाका अध्यक्ष थापाले नेपालको वास्तुकलालाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रबद्र्धन गर्नकै लागी सम्मेलनको आयोजना गरेको बताए । उनले कार्यक्रमले सोनालाई समेत अन्तर्राष्ट्रिय प्रतिनिधि संस्थाको रुपमा विकास गर्न सहयोग पुग्ने भनाई राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप