आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको गोदावरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

शनिबार, १३ कात्तिक २०७८, ११ : ३५
शनिबार, १३ कात्तिक २०७८

विभिन्न जिल्लाका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको गोदावरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गोदावरी नगरपालिका–१२ नं. वडा कार्यालयसँग सहकार्य गरेर स्थानीय ठेचोस्थित लिट्टिल स्टार इङ्लिस स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले एक कार्यक्रमकाबीच शिविर उद्घाटन गरिन् । शिविर उद्घाटन गर्दै मन्त्री भुसालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा विपन्न वर्गका बिरामीहरूलाई धेरै फाइदा पुग्ने भन्दै शिविर आयोजकहरूलाई धन्यवाद दिइन् । कार्यक्रममा सांसद राजकाजी महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, गोदावरी नगरपालिका १२ का वडाध्यक्ष जगत बहादुर महर्जन, केएमसीका प्रमुख सल्लाहकार डा.केपी शर्मा, केएमसीका जेनेरल मेनेजर नारायण दाहाल लगायतले निःशुल्क स्वास्थ्य शिविरबाट गरिब तथा विपन्न बिरामीले भरपुर फाइदा लिन सक्ने धारणा राखे ।

 शिविरमा १ हजार ५ सय ८७ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले जानकारी दिए । शिविरमा ३१४ जनाको रक्त परीक्षण, २२१ जनाको भिडियो एक्सरे र १९८ जनाको मुटुको जाँच (इसीजी) गरिएको छ । गाउँ–गाउँबाट बिरामीहरू उपचारका लागि शिविरमा आएका थिए । केएमसीका विशेषज्ञ डाक्टरहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप