बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जेल बाहिर पुग्यो शाहरुख खानको गाडी, केही बेरमै आर्यन खान रिहा हुँदै

शनिबार, १३ कात्तिक २०७८, ११ : ०१
शनिबार, १३ कात्तिक २०७८

करिब चार हप्तापछि बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान मुम्बईको एक जेलबाट अबको केही बेरमा नै रिहा हुँदैछन् । बिहिबार २३ वर्षका आर्यन खानलाई बम्बे उच्च न्यायालयले एक क्रुजमा ड्रग्स मामिलामा जमानत दिएइको थियो तर उनले थप एक रात जेलमा नै बिताउनु परेको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार आर्यन खान आर्यन ११ बजेसम्म रिहा हुन सक्छन् । जमानतसँग सम्बन्धित दस्तावेज समयमा नै नपाएका कारण यस्तो भएक्मा ेहो । शनिबार बिहान शाहरुख खान आफ्नो घर मन्नतबाट आर्थर रोड जेल निस्किएका थिए । शुक्रबार आर्यन खानका वकिलले साढे पाँचसमम बेल दस्तावेज सुम्पिन सकेका थिएनन् त्यसैले आर्यन खानको रिहा शनिबार भएको हो ।

शाहरुख खानका बडिगार्ड रवि आर्यनलाई लिन जेलको गेटसम्म पुगेका छन् ।

भारतीय सञ्चार माध्यम आजतकसँगको कुराकानीमा आर्यनको रिहाईको प्रक्रिया समाप्त भइसकेको छ । आर्यनका साथै अन्य मानिसहरुको पनि रिहाईको प्रक्रिया पनि समाप्त भइसकेको छ । कागजी कारवाही पूरा भइसकेको छ ।

मन्नत बाहिर छ यस्तो माहौलः

आर्यन खानको घर मन्नतबाहिर प्रशंसक जम्मा हुन सुरु भइसकेका छन् । यसैबीच मन्नत बाहिर एक साधु पनि पुगिसकेका छन् । उनले आर्यनका लागि हनुमान चालिसाको पाठ गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप