अवसर पाएर पनि काम नगर्नेलाई पदमा दोहोर्याउनु हुँदैन : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोर्याउन नहुने बताएका छन् । नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमा नेता सिंहले १३ औं महाधिवेशन पछि नेतृत्वले पाएकाले जिम्मेवारी पुरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताए ।
उनले पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै बिग्रने बताए । ‘अहिले पार्टीको परम्परा नै मिचिएको छ । देश बनाउँछु बनेर अगाडि बढ्ने नेताहरुले आफ्नै पार्टीको अवस्था नाजुक बनाएका छन्,’ उनले भने, ‘ अवसर पाएर पनि काम नगर्नेहरुलाई दोहोर्याउनु हुन्न । यसले पार्टीलाई फाइदा गर्दैन ।’
नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशिल सदस्यता विवाद कायम रहेका बताउँदै विधि र नियम पूर्वक समाधान गर्नुपर्ने बताए । रौतहट जिल्लाका कार्यकर्ताहरु धर्ना बसेको सय दिन वितिसक्दा पनि नेतृत्व मौन रहेका भन्दै आपत्ति समेत जनाए।
विधि र नियम अनुसार अगाडि बढेको भए अहिलेको समस्या नआउने भन्दै नेता सिंहले विधि र नियम पालना गर्न अहिलेको नेतृत्वलाई कस्ले छेक्यो भन्ने प्रश्न गरे । पार्टीको १४ औं महाधिवेशनलाई कमीकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनुपर्ने उनको भनाई छ । नेता सिंहले अहिले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावना अनुसार नै समाधन गर्नु पर्ने बताए ।
न्यायालयमा राजनीतिक व्यक्तित्वले हस्तक्षेप गर्न नहुने भन्दै नेता सिंहले निश्चित व्यक्तिको स्वार्थका कारण न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको बताए । फरक प्रसङ्गमा नेता सिंहले चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेल लगायतका इन्धनको मूल्य बढाएर गल्ती गरेको बताए । जनतालाई राहत दिने ठाँउमा सरकारले मूल्य बढाएर जनतालाई मारमा पारेको उनले टिप्पणी गरे ।
आफूले गर्न सक्ने काम नगर्ने र त्यसको क्षतिपूर्तिको लागि मूल्य बढाउने काम गलत भएको उनको बताए । नेता सिंहले मूल्य वृद्धि तत्काल फिर्ता ल्याउन माग समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता