सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यवाहक प्रधानमन्त्री खाणद्वारा पशुपतिनाथको दर्शन (हेर्नुस् तस्वीर)

शनिबार, १३ कात्तिक २०७८, १० : ११
शनिबार, १३ कात्तिक २०७८

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले पशुपतिनाथको पूजाआजा गरेका छन् । शनिबार विहान सपरिवार गृहमन्त्री समेत रहेका खाणले पशुपतिनाथ मन्दिरमा पूजाआजाका लागि गएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा एक साताका लागि शुक्रबार बेलायत भ्रमणमा गएपछि खाणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएको दोस्रो दिन उनी पशुपतिनाथको दर्शन गर्न पुगेका थिए । उनले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गरेका हुन् । सो अवसरमा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेका थिए । उनीसँग काँग्रेस केन्द्रीय सदस्य महेन्द्र यादव पनि पूजाआजामा सहभागी भएका थिए ।

पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उनले दर्शन गरे।  दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरी करिब डेढ घण्टा गृहमन्त्री खाणले समय बिताएका थिए ।

दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप