शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रजनीकान्त अस्पताल भर्ना, माइनर सर्जरी गरियो

शनिबार, १३ कात्तिक २०७८, ०७ : ४९
शनिबार, १३ कात्तिक २०७८

वरिष्ठ अभिनेता रजनीकान्तको शुक्रबार कावेरी अस्पतालमा माइनर सर्जरी गरिएको छ । अस्पतालको तर्फबाट जारी मेडिकल बुलेटिनका अनुसार बिहीबार रिंगटा लगेपछि उनी अस्पताल भर्ना भएका थिए ।

अस्पतालका मुख्य अर्थोपेडिक सर्जन डा. अरविन्दन सेल्वाराजका अनुसार ७० वर्षीय कलाकारलाई कैरोटिड आर्टरी रीवेस्कुलराइजेसनको सल्लाह दिइएको थियो । जसलाई शुक्रबार सम्पन्न गरिएको हो । यसपछि रजनीकान्तको स्वास्थ्यमा सुधार भइरहेको डाक्टरहरूको भनाइ छ । यद्यपि उनले केही दिन अझै अस्पतालमा नै बिताउनुपर्नेछ । शरीरको कुनै पनि अङ्ग वा कुनै टिस्युमा रक्त प्रवाह रोकिएपछि समस्या देखिन्छ । यसका लागि कैरोटिड एन्डाटेरेक्टोमी सर्जरी गरिन्छ । यसको मद्दतले रक्त प्रवाह कायम राखेर स्ट्रोकको खतरा कम गरिन्छ ।

रजनीकान्त गत वर्ष डिसेम्बरमा पनि अस्पताल भर्ना भएका थिए । त्यतिबेला उनी हैदराबादमा सुटिङ गरिरहेका थिए । अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ती गरिएको थियो । रजनीले रक्तचाप र थकानको समस्या रहेको बताएका थिए । स्वास्थ्यकै कारणले उनले गत वर्ष राजनीतिमा प्रवेश स्थगित गरेका थिए । उनले राजनीतिक दल खोल्ने बताए पनि त्यो हुन सकेन । रजनीकान्त हरेक वर्ष स्वास्थ्य चेकअपका लागि अमेरिका जान्छन् । सन् २०१६ मा रजनीकान्तको मिर्गौला ट्रान्सप्लान्ट गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप