शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले पालिका अधिवेशन : मकवानपुरको २ वटामा सम्पन्न, ८ पालिकामा आज हुँदै

शनिबार, १३ कात्तिक २०७८, ०७ : ०७
शनिबार, १३ कात्तिक २०७८

मकवानपुरमा शनिबार नेकपा एमालेको पालिका अधिवेशन हुँदैछ। कात्तिक ९ गतेका लागि तोकिएको एमाले मकवानपुरको पालिका अधिवेशन आन्तरिक व्यवस्थापकीय तयारी नपुगेकाले भन्दै आजसम्मका लागि सरिएको थियो ।

जिल्लामा कात्तिक ९ गते नै उद्योगी व्यवसायीहरूको संगठन उद्योग वाणिज्य संघको निर्वाचनको कार्यक्रम रहेकोले अधिकांश पालिकाका सदस्यहरू सो निर्वाचन प्रक्रियामा भाग लिन भएकाले पनि अधिवेशन आजसम्मलाई सारिएको थियो ।

जिल्लाका १० वटै स्थानीय तह मध्ये २ वटा पालिकामा भने अधिवेशन सम्पन्न भइसकेका छन् । शुक्रबार कैलाश र बिहीबार राक्सिराङ गाउँपालिकामा  एमालेको पालिका अधिवेशन सम्पन्न भएको एमाले मकवानपुरका अध्यक्ष बद्री प्रसाद लम्सालले बताए।  अधिवेशनबाट आगामी कार्यकाल राक्सिराङमा रोहन लामा र कैलाशमा पुण्य भण्डारीले एमालेको नेतृत्व सम्हाल्ने उनले बताए ।

अन्य ८ पालिकामा भने आज एकै पटक पालिका अधिवेशन सम्पन्न गर्ने तयारी रहेको पनि उनले बताए । वडा अधिवेशनमा सहभागी भएका १० हजार ५ सय सङ्गठित सदस्यहरूले छानेका प्रतिनिधिहरू पालिका अधिवेशनमा सहभागी हुने उनको भनाई छ ।  प्रतिनिधि छनौटको लागि स्थानीय पालिकाहरूले कार्यविधि निर्माण गरी प्रत्येक वडाबाट समावेशी तरिकाबाट पालिका अधिवेशनमा प्रतिनिधिमा प्रतिनिधि पठाइने अध्यक्ष लम्सालले बताए ।

नेकपा एमालेले पालिका अधिवेशनबाट मकवानपुरको हेटौँडा उपमहानगरपालिकाबाट ८५ सदस्यीय नगर कमिटीलाई नेतृत्व प्रदान गर्नेछ भने, एक नगरपालिका र ८ गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन हुने अध्यक्ष लम्सालले बताए । सम्भव रहेसम्म सबै पालिकामा सर्वसम्मत रूपमा नेतृत्व प्रदान गर्ने गरी छलफल भइरहेको उनले बताए । सर्वसम्मत नेतृत्व प्रदान गर्न नसकेको खण्डमा भने निर्वाचन प्रक्रियाबाट नेतृत्व छनौट हुने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप