पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छ : मन्त्री रिजाल
शनिबार, १३ कात्तिक २०७८, ०६ : ३८
रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै देशलाई सही ढङ्गबाट अगाडि लैजाने अभियानको नेतृत्व गर्नुपर्ने बताएका छन् । धनकुटामा आज नेपाली काँग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीको आसन्न महाधिवेशनमा सकेसम्म सहमति गर्नुपर्नेमा जोड दिए ।
सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट कुशल नेतृत्व छनोट गर्नुपर्ने उनले बताए । काँग्रेसले मुलुकको नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्नुपर्नेमा मन्त्री रिजालको जोड थियो । उनले पार्टीभित्र नेतृत्वको हिसाबले नयाँ पालुवा नपलाउँदा देशभर नेता कार्यकर्तामा चिन्ता बढेको भन्दै अबको चुनावबाट सबै नेता कार्यकर्ताको सम्मान गर्न र पार्टीलाई सबल बनाउने गरी वातावरण बनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?