बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

तराई मधेशको विकासविना राष्ट्र समृद्ध बनाउन नसकिने : मन्त्री पौडेल

शनिबार, १३ कात्तिक २०७८, ०६ : १८
शनिबार, १३ कात्तिक २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले वर्तमान सरकारको पहिलो उद्देश्य नै मुलुकको विकास र समृद्धि रहेको बताएका छन् । उनले अधिकार प्राप्तिका क्षेत्रमा अहिले पनि केही काम गर्न बाँकी भए पनि तत्कालको अवश्यक्ता भने मुलुकको विकास र समृद्धि भएको बताए ।

वीरगञ्जबाट प्रसारित हुने सामुदायिक रेडियो नारायणी एफएमको १६औँ वार्षीकोत्सवको उद्घाटन कार्यक्रममा उहाँले नेपालको समग्र विकासका लागि तराई मधेशको विकास अपरिहार्य भएको बताए । उनले समृद्धिको प्रचुर सम्भावना रहेको देशकै सबैभन्दा बढी उर्वर भूमि र छिमेकी राष्ट्रसम्मको पहुँच भएको मधेशका भू–भागमा जबसम्म विकास र समृद्धका नयाँ मार्गचित्र कोरिँदैन तबसम्म समुचित राष्ट्रको विकास सम्भावना हुन नसक्ने बताए ।

उनले बेमौसमी वर्षाका कारण कृषि बालीमा भएको क्षतिलाई पूर्ति गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको र कोरोना तथा भूकम्पका बेला भएको क्षतिलाई उचितरूपमा पूर्ति गर्ने विषयमा मन्त्रिपरिषदमा छलफल भएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप