एमाले महाधिवेशन सम्पन्न गर्न १२ समिति गठन

एमालेको १० औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न १२ वटा समिति गठन गरेको छ । रामबहादुर थापा नेतृत्वको मूल व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले खाद्य, आवास, स्वयम् सेवक, प्रचार लगायत १२ वटा समिति गठन गरेको मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए ।
कसको नेतृत्वमा कुन समिति ?
प्रतिनिधि व्यवस्थापन- संगठन विभाग
जनपरिचालन- सुरेन्द्र पाण्डे
प्रचारप्रसार- योगेश भट्टराई
सांस्कृतीक– रघुजी पन्त/देवी ज्ञवाली
आर्थिक- विष्णु रिमाल
स्वास्थ्य- भानुभक्त ढकाल
मञ्च व्यवस्थापन- शेरबहादुर तामाङ
अतिथि सत्कार- राजन भट्टराई
आवास व्यवस्थापन- कृष्णभक्त पोखरेल
स्वयमसेवक परिचालन- विनोद श्रेष्ठ
यातायात व्यवस्थापन- काशीनाथ अधिकारी
खाद्य व्यवस्थापन- कपिल पोखरेल/पार्वती रावल
बैठकमा मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशनस्थल र तयारीबारे जानकारी गराएका थिए । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । उक्त महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजियो : पूर्व शिक्षामन्त्री खनाल
-
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
-
कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला
-
संक्रमणकालीन न्याय : दुई आयोगमा क-कसको पर्यो आवेदन ? (सूचीसहित)
-
भारतीय ऊर्जामन्त्री खट्टर नेपालमा (तस्बिरहरू)
-
शिक्षामन्त्री बन्न लागेको चर्चाप्रति के भन्छिन् अन्जान शाक्य ?