शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

श्रमजीवी पत्रकारको उचित मूल्याङ्कन हुनुपर्छ : मन्त्री नेपाली

शुक्रबार, १२ कात्तिक २०७८, २० : ५०
शुक्रबार, १२ कात्तिक २०७८

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले माओवादी राजनीतिमा प्रेस सेन्टर नेपालको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । जनयुद्धदेखि यहाँसम्म आइपुग्दा प्रेस सेन्टरको भूमिका उल्लेखनीय भएको बताउँदै उनले अब आर्थिक र समाजवादको आधार तयार गर्ने नीतिलाई कसरी भविष्य सुनिश्चित गर्ने भन्नेतर्फ लाग्नुपर्ने बताइन् ।

शुक्रबार प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति सुर्खेतको पाँचौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेपालीले भनिन्,‘प्रेस सेन्टरले विगतबाट लिएको शिक्षा वर्तमानका अंगाल्दै अघि बढ्नेछ । आवाजविहीनहरुको आवाजहरूलाई बुलन्द गर्ने कुरामा कमी गर्ने छैन भन्ने हाम्रो अपेक्षा छ ।’ 

प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी उनले श्रमजीवी पत्रकारहरुले गर्ने कामको उचित मूल्याङ्कन हुनुपर्ने धारणा राखेकी थिइन् । उनले भनिन्, ‘कर्णाली प्रदेशमा अहिलेसम्म सञ्चार नीति बनेको छैन । हामीले निर्देशित समेत गरिसकेका छौं । प्रदेश सरकारले मिडिया क्षेत्रका लागि विभिन्न कार्यक्रमहरु समेत ल्याएको र विविध कारण कार्यान्वयन हुन सकिरहेका छैनन् । हामी अब, कार्यान्वयनको पक्षमा लाग्ने प्रयत्नमा छौं ।’

मन्त्री नेपालीले पत्रकारहरूका लागि कल्याणकारी कोष खडा गरेको खण्डमा प्रदेश सरकारले सहयोग गर्न तयार रहेको पनि बताइन् । त्यो कोष पत्रकार महासंघले  स्थापना गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘त्यो सँगै लोक कल्याणकारी विज्ञापनका लागि पनि प्रदेश सरकार लागिरहेको छ ।’ योसँगै प्रेस सेन्टर नेपाल सुर्खेतले आफ्नौ पाँचौ अधिवेशन सम्पन्न गरेको छ ।

अधिवेशनबाट टेकेन्द्र विश्वकर्मालाई अध्यक्षमा निर्वाचित गरिएको छ । यस्तै समितिको उपाध्यक्षमा हृदय रिमाल, उपाध्यक्ष (महिला) पशुपता थापा, सचिवमा यज्ञ खत्री, सह–सचिवमा खिम बुढा, कमला खड्का र कोषाध्यक्षमा गीता कटुवाललाई चयन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप