प्रेस सेन्टर नेपाल धनुषाको अध्यक्षमा मण्डल
शुक्रबार, १२ कात्तिक २०७८, २० : ३६
प्रेस सेन्टर नेपाल धनुषाको अध्यक्षमा सञ्जीव मण्डल सर्वसम्मतिले चयन भएका छन् । सेन्टरको दोश्रो अधिवेशनबाट मण्डल सर्वसम्मतिले चयन भएका हुन् । शुक्रबार सम्पन्न अधिवेशनबाट मण्डलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।
उपाध्यक्षमा रामएकवाल महरालाई चयन गरिएको अधिवेशन अध्यक्ष मण्डलका बिएम खनालले जानकारी दिए ।