शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप

शुक्रबार, १२ कात्तिक २०७८, १९ : ३८
शुक्रबार, १२ कात्तिक २०७८

 रौतहटको सदरमुकाम गौरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।  झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन । पूर्व निर्धारित कार्यक्रम अनुसार जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा गएका कार्यकर्ताले गौर स्थित बिपी चौकमा मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।
शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा आधा दर्जन कार्यकर्ता घाइते भएको अध्यक्ष सानुले बताए ।

उता जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले नारा जुलुस लगाउँदै आएका जनमतका कार्यकर्ताले बिपी चौकमा पुगेर अराजक गतिविधि गर्न खोजेपछि सामान्य बल प्रयोग गरेको बताए ।
झडपमा केही प्रदर्शनकारीका साथै केही प्रहरी समेत घाइते भएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप