शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिले कृषिलाई बिगार्‍यो : मन्त्री यादव

शुक्रबार, १२ कात्तिक २०७८, १९ : ११
शुक्रबार, १२ कात्तिक २०७८

 कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले राजनीतिले कृषिलाई बिगारेको बताएका छन् । ४१ औं विश्व खाद्य दिवसको अवसरमा कृषि विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले पार्टीपिच्छै किसानका संगठनहरु रहेकाे बताउँदै त्यसले किसानलाई विभाजित गरेको तर्क गरे । 

‘हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि’ भन्ने नाराका साथ मनाइएको दिवसमा उनले किसानको समृद्धिविना कृषिमा आत्मनिर्भर हुन नसक्ने भन्दै सबैभन्दा पहिले किसानको समृद्धिमा जोड दिनुपर्ने बताए ।
सोही कारण सरकारले बेमौसीमा वर्षाका कारण प्रभावित किसानको लागि राहत सरकारले पाँच अर्व रुपैयाँभन्दा बढीको राहत प्याकेज घोषणा गरेको उनको भनाइ छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले यस वर्षको विश्व खाद्य दिवसको नारामात्रै कार्यान्वयन गर्न सकिएपछि कृषिमा ठूलो उपलव्धी हासिल हुनसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप