शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सुजुकी स्कुटर एक्सचेञ्ज मेला शुरू

शुक्रबार, १२ कात्तिक २०७८, १९ : ०३
शुक्रबार, १२ कात्तिक २०७८

सुजुकीको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले यही आज (कात्तिक १२) देखि १७ गतेसम्म देशभरका आधिकारिक शोरुमहरूमा सुजुकी स्कुटर साटफेर (एक्सचेञ्ज) शुरू गरेको छ । 
यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाइकल वा स्कुटर एक्सचेञ्ज गरी सुजुकीको नयाँ बर्गमन र एक्सिस स्कुटर खरिद गर्न सकिने सो अटोमोबाइल्सले जानकारी दिएको छ । कुनै पनि मोटरसाइकल वा स्कुटरलाई एक्सचेञ्ज गर्दा बजार मूल्यभन्दा थप १५ रुपैयाँ प्रदान गर्ने र नयाँ खरिदमा आकर्षक छुट व्यवस्था रहेको पनि कम्पनीले जनाएको छ ।  

पछिल्लो समय यूवा पुस्तामा लोकप्रिय सुजुकीका बर्गमन र एक्सिस स्कूटर बीएस–६ मोडलमा उपलब्ध छ । धेरै माइलेज तथा आकर्षक डिजाइनमा आएका स्कुटरहरू ग्राहकको रोजाइमा रहेको कम्पनीले भीजी अटोमोबाइल्सले जानकारी दिएको छ । । ५ वर्षको वारेन्टी रहेको यी स्कुटरहरूको खरिदमा कम्पनीले फाइनान्सको सुविधा पनि दिने भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप