सनराइज क्यापिटल लिमिटेडको ११औँ एजीएम सम्पन्न, ४०% नगद लाभांश प्रस्ताव पारित
सनराइज क्यापिटल लिमिटेडले ११औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामार्फत क्यापिटलले शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।
साधारणसभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको हो । संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने ८ करोड रुपैयाँ नगद लाभाश वितरण गर्ने प्रस्ताव पनि पारित भएको सो कम्पनीले जानकारी दिएको छ ।
नेपालको पहिलो मर्चेन्ट बैंकका रूपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचुअल फण्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरी लगायत काम गर्दै आइरहेको छ । साथै, सनराइज म्युचुअल फण्डअन्तर्गत सन्राइज फस्र्ट म्युुचुअल फण्ड तथा सनराइज ब्लुचिप फण्ड योजनाहरू संचालन गरेको छ ।
सनराइज फस्र्ट म्युुचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट इकाइ धनीहरूलाई ५० प्रतिशत (करसहित) प्रतिफल वितरण गरिसकेको छ । साथै, निकट भविष्यमा सनराइज फोकस्ड इक्विटि फण्ड नामको तेस्रो सामूहिक लगानी कोष योजना संचालन गर्ने प्रक्रियामा रहेको कम्पनीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय