आर्यन खान जमानतमा रिहा हुँदै, देशबाहिर जान नपाउने
शुक्रबार, १२ कात्तिक २०७८, १८ : १३
क्रुज ड्रग्सको मामिलामा मुम्बईको आर्थर रोड जेलमा बन्द शाहरुख खानका छोरा आर्यन खान जमानतमा रिहा हुने भएका छन् । उनका नाममा शुक्रबार दिउँसो जमानत आदेश जारी भएको हो । तर साढे पाँच बजेसम्म अदालतको जमानत आदेश जेलमा नपुगेका कारण शनिबारमात्रै कागजी कारबाही पूरा हुने र आर्यन रिहा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शाहरुखकी मित्र तथा अभिनेत्री जुही चावला आर्यनका नाममा जमानती बनिसकेकी छिन् । उनले सेशन कोर्ट पुगेर कागजातमा हस्ताक्षर गरेकी हुन् । आर्यन खानका वकिल सतिश मानसिन्देले हाई कोर्टको आदेश मिलिसकेको र रिहाईको प्रक्रिया जारी रहेको बताएकी छिन् । एकपटक न्यायाधीशले जमानत स्विकार गरेपछि अन्य औपचारिकताहरुसहित अघि बढ्ने उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
पानीको स्रोत संरक्षण र चराहरूका लागि बुलबुलेमा अर्को ताल निर्माण गरिँदै
-
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समिति बैठक जारी
-
प्रीति जिन्टाको १८ करोड ऋण कसले गर्यो माफ ? के भन्छिन् अभिनेत्री ?
-
उपचार खर्च बढी लाग्ने टिटानसबाट जोगिने उपाय
-
शीर्ष सैन्य अधिकारीपछि सेनाका शीर्ष वकिलहरू पनि बर्खास्तीमा